२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

आइतवार , कार्तिक २, २०८२

भद्रपुर (झापा) । यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो ।

घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट