शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतमा देखिएको नयाँ भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोप प्रभावकारी

भारतमा देखिएको नयाँ भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोप प्रभावकारी

काठमाडौं । भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका खोप प्रभावकारी देखिएको छ । खोपको प्रभावकारिताबारेमा गरिएको अध्ययनमा खोपको दुई मात्रा नयाँ भेरियन्टमा निकै प्रभावकारी देखिएको हो ।

बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारी देखिएको हो । बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारी देखिनु निकै खुशीको कुरा रहेको बेलायती स्वास्थ्य मन्त्री म्याट हान्ककले बताएका छन् ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ । यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend