मलेसिया । नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले आफ्नो ९औं अधिवेशन सफलताकासाथ सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
सो अवसरमा नेपालका चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती थियो ।

नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुष्मिता ठाडा मगरका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा पत्रकारहरुको उपस्थितीले कार्यक्रममा रौनक थपेको थियो ।
महाधिवेशनबाट नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
संघका सचिव सम्मर थापा मगरका अनुसार, यस अधिवेशनले संघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनमार्फत पेनाङ क्षेत्रको मगर समुदायलाई अझ एकताबद्ध बनाउने संकल्प लिएको छ।
संघले आर्थिक सहयोग प्रदान गर्ने विभिन्न संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
नयाँ कार्यसमिति (२०२५–२०२७)
अध्यक्ष: दिपक लुङ्गेली मगर
उपाध्यक्ष:अङ्कित बुर्जा मगर
महिला उपाध्यक्ष: भगवती सिजाली मगर
सचिव: सम्मर थापा मगर
सह–सचिव: दिपेन्द्र बुढा मगर
कोषाध्यक्ष: मिना कुमारी बुढाथोकी मगर
सह–कोषाध्यक्ष : मनिका पुलामी मगर
सांस्कृतिक विभाग प्रमुख: प्रतीक्षा बारघरे मगर
खेलकुद विभाग प्रमुख: बुद्दिराम पुन मगर
संरक्षक: बिरस पुन मगर
प्रमुख सल्लाहकार: ओकिल थापा मगर
सल्लाहकारहरू -
गोकुल तुम्सिङ मगर
राजन आले मगर
बल बहादुर थापा मगर
दल बहादुर बुढा मगर
दिलिप सोमै मगर
तिपेन्द्र बुढा मगर
सदस्यहरू :
यम कुमारी थापा मगर
तारा आले मगर
शर्मिला घर्ती मगर
निसान लामिछाने मगर
बिनोद राना मगर
अमृत पिठाकोटे मगर
नगेन्द्र पिठाकोटे मगर
सुजन थापा मगर
नरेश सारु मगर
रोसन ढेङगा मगर
विशाल रासकोटी मगर
पुर्ण क्याप्छाकी मगर
बल बहादुर कानुङ मगर
गुम बहादुर गाहा मगर
नारायणसिङ थकाली मगर
भबिलाल सोमै मगर
भक्त बहादुर सोमै मगर
रेसम सुर्यबंशी मगर
गम बहादुर बराल







प्रतिक्रिया दिनुहोस