२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

जात्राका लागि शिवनाथमा चार दिन सार्वजनिक बिदा !

सोमवार , कार्तिक १०, २०८२

बैतडी । यहाँको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।

शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।

गाउँपालिकाको आइतबारको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो । कात्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

जात्रामा स्थानीयको सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ । शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु पुग्ने गर्दछन् । शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट