२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

शिक्षामन्त्री पुनको आग्रह : 'उद्घाटन/शिलान्यासमा निमन्त्रणा नगर्नुहोस्'

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कुनै पनि उद्घाटन/शिलान्यास जस्ता औपचारिक कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गरेका छन् ।

सोमबार फेसबुकमा उनले भनेका छन्, ‘कृपया कसैले पनि कहीँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन, शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा गर्दै नगर्नुहोला ।’

उनले आफू युनेस्को महासभाको साधारणसभा र ब्रिटिस काउन्सिलको कन्फ्रेन्समा समेत नभएको स्पष्ट पारेका छन् ।

त्यस्तै उनले मन्त्रीहरु विदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह गर्दै लेखेका छन्, ‘जानैपर्ने र नगई नहुने मिटिङमा मात्र केही मन्त्रीज्युहरु विदेश जानुभएको हो । विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट