२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्त्वपूर्ण योगदान : कावा सभापति खड्का

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

छठ पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका  छन् । हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,’ शुभकामना सन्देशमा उल्लेख छ ।

कार्यवाहक सभापति खड्काले श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्दै यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट