२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

राष्ट्रपति पौडेलद्वारा गुहेश्वरी छठ दर्शन, छठी माताको पूजा आराधना

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा पनि भव्य रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट