२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सुत्केरीको मृत्यु भएपछि किस्ट अस्पतालमा तनाव, विरामीका आफन्तले गरे तोडफोड

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा विरामीका आफन्तले तोडफोड गरेका छन् ।

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारका साथै लाठीचार्ज गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् ।

उपचारका क्रममा आफ्ना विरामीको मृत्यु भएको बिषयमा अस्पताल प्रशासनसँग छलफल गर्न खोज्दा गैरजिम्मेवारीपूर्वक व्यवहार भएको आफन्तहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट