
काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ब्यहोर्ने घोषणा गरेका छन्।
गणतन्त्र दिवसको दिन शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने बताएका छन् ।
गणतन्त्र स्थापनाको लागि योगदान दिएका सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend