logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित

    भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित

    3.2K
    Shares

    नयाँ दिल्ली,  पीटीआई । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ ।दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । 

    पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । 

    भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  

    कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क छ । 

    भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ ।  

    बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ । 

    भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend