logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • भियतनाममा भेटियाे काेराेनाभाइसकाे नयाँ भेरियन्ट

    भियतनाममा भेटियाे काेराेनाभाइसकाे नयाँ भेरियन्ट

    3.6K
    Shares

    काठमाडाैं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकाे छ । त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरसकाे प्रकारसँग मिल्दोजुल्दाे भएकाे बीबीसीले जनाएकाे छ ।

    शनिबार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    काेराेना भाइरसले फरक-फरक रुपमा विश्व आक्रान्त पारिरहेकाे छ । सन् २०१९ मा चीनकाे वुहान शहरमा पहिलाे पटक भेटिएकाे याे भाइरसका विभिन्न स्वरुप पहिचान भइसकेका छन् ।

    भियतनाममा हाल संक्रमणदर बढिरहेकाे छ । त्यहाँ महामारी सुरु भएदेखि हालसम्म ६ हजार ७ सय जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यहाँ ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

    पछिल्लाे समय भारतमा भेटिएकाे नयाँ प्रकारकाे भाइरसका कारण भारतसहित  नेपाल आक्रान्त बनेकाे छ । केही समययता नेपालमा पनि काेराेना भाइरस संक्रमण र मृत्युदर बढेकाे थियाे । पछिल्ला केही दिनमा भने भारत र नेपाल दुवै देशमा संक्रमणदर र मृत्युदरमा केही कमी आउन लागेकाे तथ्यांक छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend