शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंकी ९३ वर्षिया भुजेलले जितिन कोरोनाको दोश्रो लहर

काठमाडौंकी ९३ वर्षिया भुजेलले जितिन कोरोनाको दोश्रो लहर

काठमाडौँ – काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकि छन्  ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको पछि उनी  ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन्   ।

भुजेलको २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा  कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी छन् । कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको  बताउदै उनले भनिन्  ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने  राम्रो व्यवस्था भयो डाक्टरले , जहिल्यै नि राम्रो गरे । दुख्ने, पोल्ने घटीबढी केही छैन ।’, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’

युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए  ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend