२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरुलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मानवजीवन र सम्पतीको सुरक्षा सवैको उत्तदायित्व भएकाले कार्ययोजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजि क्षेत्र लगाएत सबैबीच समन्वय हुनुपर्ने उनले बताए ।

उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्वसूचनाको पहुँच पुराउँदै प्रारम्भीक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्दारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरि तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्ययोजना बनाएको छ ।

शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनिकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थीत र प्रभावकारी बनाउने प्राधिकरणको कार्ययोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट