२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले सचिवालय बैठक आज च्यासलमा, महाधिवेशन तयारी मुख्य एजेन्डा

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ। बैठकमा पार्टीको ११औँ महाधिवेशनसम्बन्धी तयारीका विषयमा मुख्यतः छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनका लागि प्रतिनिधि छनोट मङ्सिर १३ गते एकैदिन देशभर सम्पन्न गरिने पार्टीले जनाएको छ।

आजको बैठकमा शनिबार काठमाडौंमा आयोजना हुने भनिएको वृहत प्रदर्शन र सभासम्बन्धी तयारीबारे पनि छलफल हुनेछ। पार्टीले विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट दर्ता गर्ने विषयमा भने पछि थप निर्णय गर्ने बताइएको छ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट