२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमालेले भोलेन्टियर फोर्स गठन गर्दै, ओलीले आज घोषणा गर्ने

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गरिने भएको हो ।

एमालेका अनुसार एनभीएफले राज्य निकायलाई सहयोग गर्ने, जनतालाई भय र असुरक्षाबाट मुक्त गर्ने, प्राकृतिक प्रकोपमा राहत तथा उद्धारमा मद्दत गर्ने उद्देश्य राख्दछ। पार्टीले फोर्सको संरचना प्रदेश र जिल्लास्तरमा विस्तार गर्ने योजना बनाएको छ।

तर, सचिवालय सदस्यहरूले यस्तो फोर्स गठनले मुलुकमा द्वन्द्व थपिने जोखिम रहेको र पार्टीको नीतिसँग मेल नखाने बताएका छन्। ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायतले फोर्स दुरुपयोग हुने खतरा देखाउँदै तत्काल गठन नगर्न सुझाएका थिए।

एमाले सचिवालय बैठकमा नेताहरूले युवाहरूलाई भिडन्तमा लग्ने अवस्था सिर्जना नगर्न, पार्टीको जिम्मेवार भूमिका निर्वाह गर्न र विद्यमान संगठनहरूलाई बेवास्ता नगर्न सुझाव दिएका थिए।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि यस समयमा देशलाई द्वन्द्वतर्फ धकेल्ने कुनै गतिविधि नगर्न जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट