२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेकपा एमालेले आज काठमाडौंमा वृहत जनसभा र शक्ति प्रदर्शन गर्दै

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ ।

एमालेका नेता, कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय समितिबाट लागि पर्ने र्याली प्रदर्शनीमार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा प्रवेश गर्नेछ। आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म सक्रियता देखाउँदै आएको एमालेले आजको प्रदर्शनलाई आन्तरिक शक्ति प्रदर्शनका रूपमा लिएको छ। पार्टीले संसद् विघटन र तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै आलोचना गर्दै आएको छ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जनसभामा देशभरका नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ। विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता बिहानैदेखि काठमाडौँ प्रवेश गरिरहेका छन्।

असोज ३१ मा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमालेले कात्तिक २२ गते देशभर वडास्तरीय भेला, २५ गते पालिकास्तरीय र २९ गते जिल्लास्तरीय जनसभा सम्पन्न गरिसकेको छ। आजको काठमाडौँ केन्द्रित कार्यक्रमलाई सोही जनपरिचालन अभियानको मुख्य समापन कार्यक्रमका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट