२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कार्तिक २८ गतेको सहमतिपछि बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह आज पार्टी एकता गर्ने भएका छन्।

नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार, राष्ट्रिय सभागृह काठमाडौँमा हुने वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। एकता कार्यक्रममा तीन घटकबाहेक अन्य समूहलाई पनि सहभागी गराइनेछ।

कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो। सो सभा नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्र आमन्त्रित गरिएको छ।

यसैबीच, नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि छलफल जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट