२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

आइतवार , मंसिर ७, २०८२

मोरङ । विराटनगरमा एमाले नेता महेश बस्नेत सवार कारमा जेनजी युवाहरूले रातो मसी छ्यापेका छन्। प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रहरी भ्यानमा राखेर कार्यालयतर्फ लैजाँदा पनि जेनजी युवाहरूले महेश बस्नेतविरुद्ध नारा लगाइरहेको भिडियोसमेत सार्वजनिक भएको छ।

घटनाबारे महेश बस्नेतले पनि आफ्नो गाडीमा रातो मसी फ्याँकिएको पुष्टि गर्दै भने, “एयरपोर्टबाट निस्कँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए। पछि प्रहरीले समायो, हामी अघि बढ्यौँ।”

बस्नेतले कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै यसलाई “लोकतन्त्रमाथिको उपहास” को संज्ञा दिएका छन्।

यसअघि पनि बस्नेतलाई सिमरा जाँदै गर्दा अवरोध गरिएको घटना सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट