एजेन्सी । विश्वभर नै कोरोना माहामारीले आर्थिक, सामाजिक जीवन तनावपूर्ण बनाइरहेको छ । यसले व्यक्तिको शारीरिक र मानसिक अवस्था समेत असर पारिरहेको छ । जसले पारिवारीक सम्बन्धमा समेत तनाव उत्पन्न गरेको छ ।
जसको असर व्यक्तिको यौन जीवनमा पनि नकारात्मक परेको विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा सन्तुलित यौन जीवनको सुरुवात सम्भव छ भन्ने प्रश्न पनि उब्जिएको छ । अमेरिकन एसोसिएशन अफ म्यारिज एण्ड फ्यामिली थेरापिष्ट का क्लिनिकल तथा सेक्स थेरापिष्ट इयान कर्नरले हप्तामा एक पटक गरिने यौन सम्पर्कले व्यक्तिलाई खुशी जीवनयापन गर्न सहयोग गराउने बताएका छन् ।
एक अन्तर्वार्ताको क्रममा उनले कसरी यौन जीवनको तनावलाई कम गर्न सकिन्छ भन्ने बताएका थिए । उनका अनुसार यौन सम्बन्ध तीन कारणका लागि हुने गर्दछ । मनोरञ्जनका लागि, सम्बन्धमा एक साथ छौँ भन्ने महसुश गराउनका लागि र सन्तान जन्माउनका लागि । यी तीन प्रकारका यौन सम्बन्धको अलग अलग भूमिका हुन्छ । कुनै एक प्रकारको यौन सम्बन्धमा केन्द्रित हुनुपर्ने स्थितीमा विस्तारै इच्छा नै कम हुँदै जान्छ ।
कर्नर बताउँछन् कि धेरै जसो व्यक्तिले यो विर्सन्छन् कि यौन सम्बन्ध बच्चा जन्माउनका लागि मात्र होइन, यो सम्बन्ध मजबुद बनाउने हतियार पनि हो । यौन सम्बन्धि एक किताबमा कर्नरले लेखेका छन्, मनोरञ्जनात्मक यौन सम्बन्धलाई फ्यामिली प्लानिङको हिस्सा बनाउनु पर्छ जसले तनाव कम हुन्छ र सम्बन्ध मजबुद हुन्छ । उनका अनुसार हप्तामा एक पटक इमोशनल यौन सम्बन्धले दैनिक जीवनमा व्यक्तिको सम्बन्धलाई बलियो बनाउँछ ।
यौन सम्बन्धमा सेड्यूल हुनु, विना कुनै दवाव सम्बन्ध राख्नुले तनाव कम हुने र सम्बन्ध राम्रो हुने कर्नरले बताएका छन् । यौन इच्छालाई ताजा राख्नका लागि रोमान्टिक कुराकानी, एक साथ समय बिताउन र एक साथ नुहाउने वा अन्य काम गर्न सकिने कर्नरले बताएका छन् ।