शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काेराेना संक्रमणबाट २ सातामा विदेशमा थप १३ नेपालीकाे मृत्यु 

काेराेना संक्रमणबाट २ सातामा विदेशमा थप १३ नेपालीकाे मृत्यु 

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको दोस्रो लहरमा पछिल्लो दुई साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्ला दुई सतामा सबै भन्दाबढी साउदी अरबमा ७ जना, भारतमा ५ जना र कतारमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।

संघले संकलन गरेको पछिल्लो तथ्यांकानुसार भारतसहित विश्वभर २८ मुलुकमा अहिलेसम्म ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भैसकेको छ ।

सापकोटाका अनुसार अहिलेसम्म विभिन्न ५४ देशमा १ लाख १० हजार  १ सय ९६ जना नेपालीमा संक्रमण देखिएको छ ।  ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार  नेपाली संक्रमण मुक्त भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend