logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न माग

    प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न माग

    6.5K
    Shares

    कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छिन् ।

    प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।

    ‘मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र?’ प्रश्न गर्दै उनले भनिन्, ‘त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।’

    उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही गर्नुपर्ने माग गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend