२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

रास्वपा सभापति रवि र छविको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी

बिहिवार , पौष ३, २०८२

रुपन्देही। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार आजको पेसी तोकिएको हो। गत हप्ता यो मुद्दा हेर्न नमिल्ने अवस्थामा परेको थियो भने यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन पेश गरेर बहस रोकिएका थिए।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।

यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट