काठमाडौं । हामीले दैनिक जीवनमा साना साना कुरालाई ख्यान नगर्दा स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । यतिसम्म कि बस्दा कसरी बस्ने, कसरी बस्दा शरीरमा के असर परेको हुन्छ भन्ने पनि ख्याल गर्दैनौँ । शरीरको मुद्राले महत्वपूर्ण भूमिका खेलिराखेको हुन्छ ।
त्यस्तै कुन समय के खाने, बिहान उठेर के गर्ने, के नगर्ने भन्नेमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तै दैनिक जीवनमा हामीले गर्ने साना साना कार्यहरुलाई कसरी ध्यान दिने, कसरी स्वस्थ रहने भन्ने विषयमा नेपाल योगा होमका योगाचार्य प्रकाश आचार्यले दिएका केही टिप्सलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।