शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बीपी प्रतिष्ठनमा २० जना कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

बीपी प्रतिष्ठनमा २० जना कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिनामा २० जना कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ ।  

कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा कोरोना सङ्क्रमण भएका २० जनाको जटिल किसिमको शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वैशाख २७ गतेदेखि जेठ अन्तिमसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा २० वटा शल्यक्रिया भएको छ ।  

प्रतिष्ठानका न्यूरो सर्जन डा.आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीको सफल शल्यक्रिया गरेको उनले जानकारी दिए । 

जनरल सर्जरीबाट प्रा.डा.राकेश गुप्ता, डा.सुरेशप्रसाद साह, डा निर्मल साह, डा.रुपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा.पोखरेलले बताए। 

यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकरप्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।  

प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकले आठ जना सङ्क्रमितको शल्यक्रिया र ९ जनाको नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा. दिप्ती दास, दुई वटा डा. मदन खड्का र एक वटा डा. मनोज साहले गरेका थिए । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend