शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्वास्थमन्त्री तामाङको पहलमा काठमाडौंका मेयरले घोषणा गरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडितकोलागि दुई करोड राहत

स्वास्थमन्त्री तामाङको पहलमा काठमाडौंका मेयरले घोषणा गरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडितकोलागि दुई करोड राहत

काठमाडौं,असार३।  स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङको पहलमा  काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड सहयोग  बिनियोजन गरेको छ ।

मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् । आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत घोषणा गरेका हुन् । अहिलेलाई २ करोड सहयोग उपलब्ध गराउने र आवश्यक परे थप सहयोग गर्न मेयर शाक्य तयार रहेको मेयरले जनएको मन्त्रीको सचिवालयले बताएको छ ।मन्त्री तामाङकै पहलमा अनेरास्ववियु युवा संघ लगाएत विभिन्न संघ संस्था राहत लिएर सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend