शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ओभरस्टे भएर समस्यामा परेका १८ नेपाली स्वदेश फिर्ता 

ओभरस्टे भएर समस्यामा परेका १८ नेपाली स्वदेश फिर्ता 

आबुदाबी । वैदेशिक रोजगारीको क्रममा रहदा ओभरस्टे भएर समस्यामा परेका १८ जना नेपाली स्वदेश फर्किएका छन् । 

अबुधाबीको एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत २४ मध्ये १८ जना स्वदेश फर्किएका हुन् । नयाँ कम्पनीमा जाने क्रममा रहेका ती नेपालीको भिसा नलागेपछि ओभरस्टे भएका थिए ।

नेपाली दूतावास अबुधाबीले हरेकको समस्यालाई नजिकबाट हेरेर १८ जनालाई स्वदेश फिर्ता गरिएको र बाँकी ६ जनालाई नयाँ कम्पनीमा भर्ना हुन सहजीकरण गरेको दूतावासका श्रम काउन्सिलर निर्मला थापाले बताइन् । 

उनका अनुसार हरेक व्याक्तिको न्युनतम ७ हजार ५ सयदेखि अधिकतम १२ हजार ७ सय दिराम (करिब २ लाख रुपैयाँदेखि ४ लाख  नेपाली रुपैयाँ) गरेर करिब १ लाख दिराम जरिवाना तोकिएको थियो । उक्त जरिवानालाई नेपाली दूतावास अबुधाबीको समन्वयमा एकमुष्ठ ९ हजार दिराम सम्बन्धित कम्पनीले तिर्ने व्यवस्था मिलाएर उनहरुलाई स्वदेश फर्काइएको उनको भनाइ छ ।

rescue from abudavi .jpeg

दूतावासको समन्वयमा स्थानीय प्रशासनले जरिवाना घटाएर, कामदारले पाउनुपर्ने तलब, सेवा र अन्य सुबिधा सहित सम्बन्धित कम्पनीबाट हवाई टिकट उपलब्ध गराउन नेपाली दूतावास अबुधाबीले संयोजन र समन्वय गरेको हो । 

समस्यामा परेका २४ जनामध्ये ६ जना नेपालीले यूएईमै नयाँ काम पाएकोले उनीहरूको समस्या समाधान भएको छ । 

कामदारले आफ्नो भिसा क्यान्सिल गरेको बढीमा २८ दिनभित्र देश नछाडे वा नयाँ भिसा लाउन नसकेमा दैनिक रूपमा जरिवाना तिर्नुपर्ने हुन्छ । समस्यामा परेका ती १८ जना करिब १ वर्षअगाडिदेखि बिना भिसा अवैधानिक तरिकाले बसिरहेका थिए । 

लामो समय बिना भिसा बस्दा समस्या भएपछि उनीहरु सामूहिक रुपमा दूतावास पुगेका थिए । 
समस्यामा परेका केही नेपाली कामदारको रोकिएको तलब र भत्ता समेत उपलब्ध गराइएको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend