काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समूदायलाई मूलधारमा ल्याउनुपर्ने आवश्यतामा जोड दिएका छन् ।
सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चबर्षिय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणाली शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलितहरु अझै पनि शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेकाले उनीहरुलाई मुलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन जरुरी रहेको बताएका हुन् ।
दलित–दलितबीच नै बिभेद र छुवाछुत रहेको अवस्थामा यसलाई हटाउन आयोगको अग्रसरताको खाँचो रहेको उनले बताए । उनले समाजमा विद्यमान बिसंगति र भेदभावलाई अन्त्य गर्ने चूनौतिहरुलाई समाधान गर्न दलित आयोग कटिबद्ध भएर लाग्नुपर्ने बताए ।
पञ्चबर्षिय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढिकरण, नीति तथा कार्यक्रमको कार्यान्वयन, जातिय भेदवाद र छुवाछुत अन्त्य गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस