२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

दलहरुले निर्वाचन आयोगमा बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची

सोमवार , पौष १४, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगले तोकेअनुसार कांग्रेस, एमाले, नेकपा लगाएत पुराना दलका साथै नयाँ दलहरुले आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।

निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सुरु गरेका थिए ।

समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगको कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने तय गरेको छ र त्यसका लागि तयारी समेत तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट