२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि, बालेन र कुलमानबीच सहमति, हस्ताक्षरको तयारी

सोमवार , पौष १४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर तथा रास्वपा नेता बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।

तीन जनाबीच आज भएको छलफलमा यस्तो सहमति जुटेको हो । कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा उनीहरुको वार्ता भएको हो ।

स्रोतका अनुसार अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको छ ।

यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी सहमति भइसकेको छ ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

यससँगै सुदन गुरुङले रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम् र इतिहासले सम्झनेछ । रवि, बालेन र कुलमान चुनावमा सँगै लड्ने छन् ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट