२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कुलमान घिसिङ रास्वपाको उपसभापति हुने, यस्ताे छ सहमति

सोमवार , पौष १४, २०८२

काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । पटकपटकको छलफल पछि रास्वपा र कुलमानबीच सहमति जुटेको हो ।

उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् ।

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा आज उनीहरुको वार्ता भएको हो । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।

साथै, कुलमान घिसिङको टिमबाट समानुपातिकमा १८ जना समावेश हुने सहमति भएको छ ।

यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी सहमति भएको थियो । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

https://sunaulonepal.com/content/397296/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट