२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस समानुपातिक बन्दसूची सकसः देउवा निवास गएको टोली अझै फर्किएन

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो। सोहीअनुसार रातभर नामावली बुझ्ने–बुझाउने प्रक्रिया चले पनि कांग्रेसले अन्तिम समयमा सूची बुझाउन सकेन।

सुरुमा कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल नामावलीसहित निर्वाचन आयोग पुगेका थिए। मंगलबार बिहान करिब ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगे। तर मुख्य सचिव र परियारले बोकेको नामावलीमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नदेखिएपछि आयोगका कर्मचारीहरूले सूची बुझ्न अस्वीकार गरे।

त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाएका थिए। महाराजगञ्ज पुगेका उनीहरू यो समाचार तयार पार्दासम्म निर्वाचन आयोग फर्किएका छैनन्।

यद्यपि आयोगका एक कर्मचारीले कांग्रेसले पहिल्यै निवेदन दर्ता गरिसकेको र सनाखत गराइसकेको भएकाले मंगलबार पनि नामावली बुझाउन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट