२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राजनीतिक चुनौतीको सामना गर्न राष्ट्रिय एकता आवश्यकः शेखर कोइराला

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् ।

“वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने जोखिम रहन्छ, नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छ, यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भनी हामी सबैले आत्मसात् गरौँ”, नेता कोइरालाले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट