२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न पर्यटनमन्त्री सिन्हाको निर्देशन

बुधवार , पौष १६, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन बिमानस्थलको संरचनात्मक सुधार देखिएपनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन् ।

बिमानस्थलमा प्रवेश गरेदेखि बाहिरिदासम्मको असहज परिस्थीति स्वयं आफैले भोगेको उनले बताए । मन्त्री सिन्हाले आफु अन्तरिम सरकारको मन्त्री भएकाले धेरै समय नरहेपनि बाँकी रहेको समयमा सुधारका लागि निरन्तर प्रयास गर्ने उल्लेख गरे ।

नेपालमा हवाई यात्रा विलासिता नभई जिवनपद्धती बन्न पुगेकाले यस क्षेत्रलाई नागरिक मैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री सिन्हाले बिमान दुर्घटनाको निष्पक्ष र प्रावधिक छानविनका लागि स्थायी र अधिकार सम्पन्न स्वतन्त्र बिमान दुर्घटना आयोग वा कुनै स्वतन्त्र निकायको स्थापना गर्ने बिषयमा रणनीतिक सम्बोधन गर्न अतिआवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट