२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताए । उनले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायीलगायत सहभागी छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट