२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोगबापतको बक्यौता उठाउँछौँ : मन्त्री श्रेष्ठ

बुधवार , पौष १६, २०८२

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोगबापतको सबै बक्यौता उठाइने बताएकी छन् ।

बुधबार काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको संरचनाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले जग्गा, भवन र स्टल प्रयोगबापतको बक्यौता बाँकी रहेको पाइएकाले छिटो भन्दा छिटो बक्यौता उठाइने बताएकी हुन् ।

व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिने भन्दै उनले बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले सो क्षेत्रको भाडादर सम्झौता नवीकरणका क्रममा समयसापेक्ष बनाइने जानकारी दिइन् ।

उनले सो क्षेत्रका देखिएका समस्याहरुलाई पनि संरचनात्मक सुधारमार्फत समाधान गरिने जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट