
काठमाडौं । कोभिड–१९ विरुद्धका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर ९लिम्फोमा० का बिरामी थिए ।
वीर अस्पतालमा दुई मात्रा खोप लगाएका कसैको पनि मृत्यु नभएको कोभिड फोकल पर्सन डा। अच्युत कार्कीले जानकारी दिए । निजामती कर्मचारी अस्पतालका कोभिड फोकल पर्सन डा। सुमनबाबु मरहट्टाका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएकाको मृत्यु रेकर्ड भएको छैन ।
स्वस्थ व्यक्तिले दुई मात्रा खोप लगाएको २ साता भइसकेपछि संक्रमण भएर ज्यान गएको जानकारी हालसम्म प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी बताए । उनका अनुसार एक मात्रा खोप लगाएको दुई सातापछि संक्रमित भएकामा समेत मृत्यु न्यून देखिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend