काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व र २१ जिल्लामा शून्य रहेको छ ।
गत पुस १४ गते निर्वाचन आयोगमा एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व छ । त्यसमध्ये झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्।
मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट प्रतिनिधि शून्य छ ।
प्रतिक्रिया दिनुहोस