२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राजनीतिक दलले आफू अनुकुल समानुपातिक बन्दसूची संशोधन गर्न मिल्दैन : निर्वाचन आयोग

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफू अनुकुल संशोधन गर्न नमिल्ने जनाएको छ ।

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तर्फ करिव चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनले निर्वाचन प्रचारप्रसारका लागि सीमा निर्धारण गरिएको उल्लेख गर्दै उम्मेदवार तथा राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत खर्च गर्न पाउने बताए ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धीत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।

त्यस्तै, उनले कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था र उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्रै अर्को उम्मेद्वारको नाम पठाउन सकिने उनले स्पष्ट पारे । उनले समानुपातिक तर्फ अहिलेसम्म ५८ वटा चूनाव चिन्ह मत पत्रमा रहने निश्चितजस्तै भएको जानकारी दिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट