२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपा समानुपातिक सूचीबाट आसिफ शाहले लिए उम्मेदवारी फिर्ता, काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्ने

शनिवार , पौष १९, २०८२

काठमाडौं । नेपाली चलचित्रकर्मी आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि दिएका उम्मेदवारी फिर्ता लिएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् यो निर्णय सार्वजनिक गर्दै, समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारलाई पनि आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन्।

शाहले लेखेका छन्, “यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु। साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।”

उनी प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने योजना रहेको पनि बताएका छन्। “प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो। हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं। देशभन्दा ठूलो केही हुँदैन,” शाहले बताएका छन्।

आसिफ शाहले आफूले प्रारम्भमा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्नुको कारण रास्वपाको देशव्यापी चुनावी अभियानमा आवश्यकताका कारण भएको प्रष्ट पारे। तर, पार्टीका साथी र जनताको प्रतिक्रिया, तथा आफ्नो आत्ममन्थनको आधारमा समानुपातिक बाटो रोज्न नसकिने महसुस भएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

“देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु। तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ,” शाहले भने।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट