काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले हालै पार्टीको अनुशासन समितिबाट कारबाही फुकुवा भएका नेताहरूलाई पहिलेकै जिम्मेवारी दिन माग गरेको छ ।
शनिबार विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति लगायतको भेलाले सो माग गरेको हो ।
कांग्रेसले हालै विगतमा भएका अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।
साथै, भेलामा सहभागी नेताहरूले पार्टीभित्र न्याय र समान व्यवहार सुनिश्चित गर्नका लागि यस किसिमको निर्णय आवश्यक रहेको धारणा राखे ।
कोइराला सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने विषयमा पनि विस्तृत छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस