काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएका छन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।
आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस गरेको हो ।
यस अघि २०७९ र २०७४को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।
झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस