काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
बैठकमा सभापति रवि लामिछानेले पार्टी समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी ब्रिफिङ दिने कार्यक्रम तय गरिएको छ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टी समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी विविध विषयमा केन्द्रीय समितिका सदस्यहरूले छलफल गरी धारणा तयार गर्नु पर्ने भएकाले सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस