२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज दिल्ली जाँदै

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूको विषयमा विशेष सम्बोधन गर्ने सचिवालयले जनाएको छ।

एक महिनाअघि नै तय भएको सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन्। एकता सन्देश सभा भने भोलि राखिएको छ। सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

प्रचण्ड दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ।

प्रचण्डको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक, आदरणीय नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रममा उहाँद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिनेछ।’

भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सोमबार दिउँसो एकबजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँ दिल्लीमा कार्यक्रम हुने आयोजक नेपाली समाज भारतकी महासचिव आरबी खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट