काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ ।
रास्वपाले काठमाडौंको राष्ट्रिय सभा गृहमा राजनीतिक समायोजन घोषणा गर्ने भएको हो ।
रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको छ ।
आजै मात्र नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन् ।
यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस