२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरु बर्खास्त गर्नुपर्छ : रघुवीर महासेठ

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन् । पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनले बताए ।

महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे ।

उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौ हतियार र भागेका कैदिहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा आशंका रहेको धारणा राखे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट