२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आज आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

यसअघि केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल भएका थियो ।

केन्द्रीय समितिको बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सभापति रवि लामिछानेले पार्टी समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी ब्रिफिङ दिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट