२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले माग सम्बोधन नगरे वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ बिषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन् ।

उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफु तयार रहेको बताए । प्रसाईंले समानबिचार भएकाहरु एकै ठाउमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राखे ।

उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरु फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट