२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपामा बृहत्तर एकता, आज राष्ट्रियसभा गृहमा घोषणा हुँदै

सोमवार , पौष २१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा आयोजना गर्ने भएको छ।

रास्वपाले आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ।

गत पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन्द्र शाह तथा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। आजको सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने पार्टीले जनाएको छ।

यसअघि आइतबार बसेको रास्वपाको बैठकले पार्टीमा समाहित भएका नेता–कार्यकर्ताको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थप गर्ने निर्णय गर्दै केन्द्रीय समितिमा मनोनयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट