२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभा सदस्य निर्वाचनमा छलफल जारी

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पनि बस्ने भएको छ। बैठकमा पार्टी पदाधिकारी र सदस्यहरूले आफ्नो धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले मङ्गलबार बिहान ११ बजे बैठक पुनः बस्ने तय भएको हो।

सोमबारको बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियारसहित कार्यसम्पादन समितिका सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला र एनपी साउँदले आफ्ना धारणा व्यक्त गरेका थिए।

यस्तै, आमन्त्रित केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापति अमरसिंह पुन (लुम्बिनी) र वीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि छलफलमा आफ्ना विचार राखेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट