काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार भने बढेर प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस